जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झनामा बेनीमा दीप प्रज्वलन

  • १ आश्विन २०८२, बुधबार
  • 197 पटक पढिएको

म्याग्दी, १ असोज । गत हप्ता भएको जेनजी आन्दोलनको समयमा ज्यान गुमाएका सहिदको सम्झनामा बेनीमा दीप प्रज्वलन गरिएको छ । म्याग्दी जेसीजको आयोजनामा बेनीको संगमचोकमा आन्दोलनको क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरिएको थियो भने दिवंगत भएका ७२ जनाको सम्झनामा सहभागीहरुले ७२ वटा मैदवत्ती प्रज्वलन गरेर ७२ सेकेन्ड मौन धारण समेत गरेका थिए ।

म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्ति, नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष सौरभ श्रेष्ठ, राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्री, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेश श्रेष्ठ, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनन्जयकुमार श्रेष्ठ,बागलुङ जेसीजका पूर्व अध्यक्ष सुदिपराज भण्डारी, म्याग्दी बहुमुखी क्याम्पसका अध्यक्ष दिपु श्रेष्ठलगायत म्याग्दी जेसीजका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।