टाउकोमा गम्भिर स्वास्थ्य समस्याबाट पीडित बरुवालको उपचारमा सहयोगको अपिल

  • ३१ भाद्र २०८२, मंगलवार
  • 5 पटक पढिएको

टाउकोमा गम्भिर स्वास्थ्य समस्याबाट पीडित हुनुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवती, घट्ट निवासी ३४ बर्षिय प्रकाश बरुवालको उपचारमा सहयोगको अपिल गरिएको छ । रोजगारको शिलसिलामा दुबईमा रहेका बेला टाउकोमा नसा सम्बन्धि गम्भिर स्वास्थ्य समस्याबाट पिडित भई सल्यक्रिया मार्फत उपचार भैरहेको र हाल नेपालमा पुनः सल्यक्रिया सहितको उपचार गर्नुपर्ने र उपचारमा ठूलो आर्थिक स्रोत जुटाउनुपर्ने भएकाले निजको परिवारको आर्थिक अवस्था कमजोर भएको हुँदा देश विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरुमा सहयोगको लागि आफन्तजनले अपिल गरेका छन् ।

बरुवालको दुबइको जेबेल अली अस्पतालमा टाउकोको सल्यक्रिया गरिएको थियो । हाल पोखरामा थेरापी उपचार गराइरहनुभएका बरुवालको टाउकोको हड्डी पुनः राख्नका लागि सल्यक्रिया सहितको उपचार गर्नुपर्ने भएकाले सहयोगदाताबाट सहयोगको अपिल गरिएको उहाँका नातेदार गगन भण्डारीले जानकारी दिनुभयो । घरमुली रहनुभएका बरुवाल आफै विरामी भएको र परिवारको अन्य आम्दानीको स्रोत नभएपछि उपचारमा समस्या भएको हो ।