मालिकामा वाइसीएल,अनेमसंघ क्रान्तिकारी र दलित मुक्ती मोर्चाको नयाँ नेतृत्व चयन
- २१ भाद्र २०८२, शनिबार
- 185 पटक पढिएको
बेनी, २० भदौ । म्याग्दीको मालिका गाउँपालिकामा शुक्रबार नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल), अनेमसंघ क्रान्तिकारी र दलित मुक्ती मोर्चाको नयाँ नेतृत्व चयन भएको छ । गाउँपालिकाको केन्द्र दरवाङमा भएको तीन वटा संगठनको भेलाले नयाँ नेतृत्व चयन गरेको हो । प्रवेश फगामीको अध्यक्षमतामा गठन भएको ४५ सदस्यीय वाइसीएलको उपाध्यक्षमा गमप्रकाश रोका, सचिवमा म्यादीस गर्बुजा, कोषाध्यक्षमा चमेली परियार र सहसचिवमा छकप्रसाद पटेल रहनुभएको छ ।
देवी पटेलको अध्यक्षतामा गठन भएको ३१ सदस्यीय अनेमसंघ क्रान्तिकारीको उपाध्यक्षमा बिमला बिक, सिता सिरपाली, सचिवमा गिता पाईजा, कोषाध्यक्षमा मनरुपा घर्ती, सहसचिवमा तुलमाया पुन र सरिता दर्जी रहनुभएको छ । दमप्रकाश बस्यालको अध्यक्षतामा गठन भएको ३१ सदस्यीय दलित मुक्ति मोर्चाको उपाध्यक्षमा भिमप्रसाद पटेल, दिलबहादुर दर्जी, बिमला सार्की बि.क., कोषाध्यक्षमा महिष्का दर्जी, सचिवमा खिमबहादुर सराईली, सहसचिवमा दामबहादुर दर्जी र पुरण रसाइली रहनुभएको छ । वाइसीएलका प्रवेश फगामीको अध्यक्षता, नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटिका सचिव लालबहादुर घतानेको सञ्चालन, दलबहादुर खड्काथोकीको स्वागतमा सम्पन्न कार्यक्रमको समापन दमप्रकाश बस्यालले गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले म्याग्दीमा माओवादीको नेतृत्वमा भएका काम लिएर जनतामाझ जान कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । “माओवादीले अवसर पाए भने इमान्दारीताका साथ जनताको पक्षमा काम गर्न सक्छन भन्ने हामीले ब्यवहारले पुष्टि गरेका छौ,” गण्डकी प्रदेशका पुर्वमन्त्री समेत रहेका उहाँले भन्नुभयो “राष्ट्रिय राजनीतिमा माओवादीले शुसासनको पक्षमा कदम चाल्न खोज्दा काँग्रेस र एमाले मिलेर बनेको दुई तिहाई बहुमतको सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेका छैनन् ।”
कार्यक्रममा माओवादीका प्रदेश सदस्य तथा धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो । माओवादीको म्याग्दी प्रदेशसभा क्षेत्र १(२)का संयोजक यामन रोका, गण्डकी प्रदेश सदस्य चन्द्रप्रसाद बुढाथोकी, गौरी सेञ्चुरी, म्याग्दी–पोखरा सम्पर्क समितिका अध्यक्ष लोकनाथ भट्टराई लगायतको उपस्थिति थियो । माओवादीले सञ्चालन गरेको म्याग्दी–काली जनभेटघाट अभियान अन्तर्गत वडा तहमा भेला, भेटघाट, बैठक, सदस्यता वितरण, नविकरणसँगै जनवर्गीय संगठनको भेला सम्मेलन गरिएको माओवादी केन्द्र मालिकाका अध्यक्ष अनुप गौचनले बताउनुभयो ।