म्याग्दी जेसीजद्धारा भक्तजनलाई प्रसाद वितरण
- २० श्रावण २०८२, सोमबार
- 5 पटक पढिएको
म्याग्दी, १९ साउन । युवाहरुको नेतृत्वर व्यक्तित्व विकास संगै सामाजिक कार्यहरुमा क्रियाशिल म्याग्दी जेसीजले भक्तजनहरुलाई प्रसाद वितरण गरेको छ । साउन महिनाको तेस्रो सोमबारको अवसरमा म्याग्दी सदरमुकाम बेनी स्थित बेनी शिवालय मन्दिरमा पूजाआजार दर्शनका लागि आएका भक्तजनहरुलाई म्याग्दी जेसीजले फलफुल सहितको प्रसाद वितरण गरेको हो ।
बेनी शिवालय मन्दिरमा आएका करिब तीन सय भक्तजनहरुलाई प्रसाद वितरण गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्ति क्षत्रीले जानकारी दिनुभयो । सोमबारका दिन शिवालय मन्दिरमा श्रद्धालु भक्तजनहरु व्रत बसेर पूजाआज र दर्शनका लागि आउने भएकाले भक्तजनहरुलाई फलफुलको प्रसाद वितरण गरिएको उहाँले बताउनुभयो । म्याग्दी जेसीजका संस्थापक अध्यक्ष एवं बेनी नगरपालिका ७ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठ सहित म्याग्दी जेसीजका पदाधिकारी तथा पूर्व पदाधिकारीहरु तथा सदस्यहरू स्वयंसेवकको रुपमा परिचालन भएर भक्तजनहरुलाई प्रसाद वितरण गरिएको म्याग्दी जेसीजका कार्यकारीणी उपाध्यक्ष एवं कार्यक्रम संयोजक सुनिता श्रेष्ठले बताउनुभयो । यस अघि दोस्रो सोमबारको दिन म्याग्दी जेसीजले गलेश्वर शिवालयमा आएका भक्तजनहरुलाई निःशुल्क रुपमा खानेपानी वितरण तथा सरसफाई गरेको थियो ।