वाइसिएलद्धारा सडक हरियाली बनाउन बृक्षारोपण
- १८ श्रावण २०८२, शनिबार
- 327 पटक पढिएको
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) म्याग्दीले बृक्षारोपण गरेको छ । संगठनको श्रम तथा उत्पादनमा वाइसिएल अभियान अन्तर्गत शनिवार बेनी दरबाङ सडकखण्डको अग्नीखेत खण्डमा सडक किनारमा विभिन्न प्रजातीका फुल र फलफुलका विरुवा रोपण गरिएको हो ।
सडकलाई सुरक्षित, हरियाली र सौन्र्यकरण गर्नका लागि बृक्षारोपण गरिएको वाइसिएल म्याग्दीका अध्यक्ष सन्दिप खत्रीले बताउनुभयो । उहाँका अनुसार, कल्फी फुल, अमला लगायतका करिब १ सय विरुवा रोपण गरिएको छ । वृक्षारोपणको माओवादी केन्द्रका केन्द्रिय सदस्य एवंम म्याग्दी इन्चार्ज गोविन्द पौडेलले विरुवा रोपण गरी सुभारम्भ गर्नुभएको थियो । वृक्षारोपणमा नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रीय सदस्य एवंम गण्डकी प्रदेश सभा सदस्य रेशम जुग्जाली, पार्टीका जिल्ला संयोजक शेरबहादुर केसी लगायत वाईसिएलका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।