भिरबाट चट्टान खस्दा ठूलो बगरमा दुई सय कुखुरा मरे, पहिराेकाे जाेखिम बढ्याे

  • २२ असार २०८२, आईतवार
  • 1 पटक पढिएको

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ ठूलो बगरमा भिरमाथिबाट खसेको चट्टानले दुई सय कुखुरा मरेका छन् । ठूलो बगर बस्ती माथिको भुरुङ गाउँको भिरबाट खसेको चट्टान स्थानीय नारायण पुनको कुखुराको खोरमा परेको र बस्तीमा समेत जोखिम निम्त्याएको छ ।
गयराती भिरको चर्किएका पहाडको चट्टान पहिरो गएर खसेको थियो । पहाडबाट खसेको पहिरोको ढुंगाहरु ठूलोगाउँको पारीपट्टी रहेको पोखरेबगरसम्म पुगेको थियो । पहिरोले कुखुराको खोरमा पूर्ण रुपमा क्षति भएको र बिजुलीको पोल र तारमा समेत क्षति पुगेको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजाले जानकारी दिनुभयो । उहाँले बर्खायामा खोला र भिर पहाडबाट बाढी पहिरोको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ ।