बालजागृति आधारभूत विद्यालयमा अध्ययनरत छात्रहरुको विद्यालयमै कपाल काटियो
- ४ असार २०८२, बुधबार
- 53 पटक पढिएको
म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको बालजागृति आधारभूत विद्यालयमा अध्ययनरत छात्रहरुको निशुल्क रुपमा कपाल काटिइएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक क्षेत्रमा क्रियाशिल म्याग्दी जेसीजले विद्यालयमै पुगेर सबै छात्रहरुको निशुल्क रुपमा कपाल काटिदिएको हो । बौद्धिक अपांगता भएका बालबालिकाहरु समेत अध्ययनरत विद्यालयमा म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्ति क्षत्रीको नेतृत्वमा गएका युवाहरुले विद्यार्टीहरुको कपाल काटिदिएका थिए । म्याग्दी जेसीजका कोषाध्यक्ष नविन पौडेल, सदस्य बिनम थजाली, पुरन छन्त्याल लगायतले १९ जना विद्यार्थीहरुको कपाल काटिदिनुभएको थियो ।
विद्यार्थीहरुलाई कपाल काट्ने मानिस खोज्नुपर्ने र बजारमा आएर आर्थिक खर्च गर्नुपर्ने बाध्यता हटाउनका लागि स्वंसेवी रुपमा विद्यालयमै पुगेर विद्यार्थीहरुको कपाट काटिदिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष क्षत्रीले बताउनुभयो ।