सामाजिक विकास कार्यालयद्धारा अभिमुखीकरण सम्पन्न
- १२ जेष्ठ २०८२, आईतवार
- 17 पटक पढिएको
सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा बेनीमा स्थानीय तहका महिला तथा बालबालिका शाखाका कर्मचारी तथा सामाजिक विकास समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण गरिएको छ । महिला तथा बालबालिका शाखा र सामाजिक विकास समितिको प्रभाबकारीरिता बढाउनका लागि कार्यालयले जिल्लाका ६ वटै स्थानीय तहका सम्बन्धित शाखका कर्मचारी र समितिका जनप्रतिनिधिहरुलाई सहभागि गराएर एक दिने अभिमुखीकरण आयोजना गरेको हो ।
कार्यक्रममा जिल्ला न्यायधिवक्ता गोविन्द उपाध्यायले महिला तथा बालिबालिका सम्बन्धि कानुनी व्यवस्था, सामाजिक कुरुती न्युनिकरण सम्बन्धमा सहजीकरण गर्नुभएको थियो ।
त्यैगरि जिल्ला समन्वय समिति म्याग्दीका अधिकृत अमृत सुवेदीले बालमैत्री स्थानीय शासन, अपांगता परिचय पत्र वितरणको मापदण्ड र अवस्था लगायतको बिषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले सामाजिक क्षेत्र उपेक्षामा पर्ने गरेको सन्दर्भमा आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको चरणमा आयोजित कार्यक्रमले स्थानीय तहलाई सहयोग पुग्ने धारणा राख्नुभयो । सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख तारानाथ सुवेदीले कार्यक्रमबारे प्रकाश पार्नुभएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यालयको शुब्बा गोविन्द पुनले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।