जेसीज सप्ताहको अवसरमा म्याग्दी जेसीज र पत्रकारबिच मैत्रिपूर्ण फुटसल

  • ११ जेष्ठ २०८२, शनिबार
  • 75 पटक पढिएको

युवाहरुको नेतृत्व र ब्यक्तित्व विकाससंगै सामाजिक क्षेत्रमा सक्रिय म्याग्दी जेसीजको २७ औं स्थापना दिवसको अवसरमा म्याग्दी जेसीज र पत्रकार महासंघ म्याग्दी बिच मैत्रिपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । शनिवार विहान म्याग्दी जेसीजका पदाधिकारी तथा पूर्व अध्यक्षहरु सहभागी टिम र नेपाल पत्रकार महासंघ म्याग्दीमा आबद्ध पत्रकारहरुबिच भएको मैत्रिपूर्ण फुटसलमा ७/७ गोलको बराबरी भएको थियो ।

प्रतियोगिताको उद्घाटन गर्दै म्याग्दी जेसीजका पूर्व अध्यक्ष क्लबका अध्यक्ष एवं बेनी नगरपालिका– ८ का वडा अध्यक्ष उत्तम कर्माचार्यले मैत्रीपूर्ण प्रतियोगिताले जेसीज र पत्रकारहरुबिचको सम्वन्ध सुमधुर बनाउने र खेलकुद स्वास्थ्यका लागि आबश्यक रहेको सन्देश फैलाउने बताउनुभयो । जेसीजको सप्ताहको अवसरमा शुक्रवार अन्तर विद्यालय निवन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । जेसीज सप्ताहको अवसरमा प्रभाबकारी उद्घोषणकला तालिम, मेरो विद्यालय कार्यक्रम, अन्तरजेसीज हाजिरी जवाफ प्रतियोगिता, रक्तदान र अन्तरमावि लोकनृत्य प्रतियोगिता आयोजना गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्ति क्षेत्रीले जानकारी दिनुभयो ।