कालीगण्डकीमा बेपत्ता किशोरको शव सशस्त्रका गोताखोरले निकाले
- ६ जेष्ठ २०८२, सोमबार
- 1 पटक पढिएको
५ जेठ, म्याग्दी। कालिगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका एक किशोरको शव सशस्त्र प्रहरी बलका गोताखोरले निकालेका छन् ।
पिप्लेका १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा यही जेठ ३ गते नदिमा डुबेर बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले उनको शव जेठ ५ गते दिउसो साढे १२ बजे करीव १५ फिट गरिहाइबाट निकालेको हो ।
उनको खोजीकार्यको लागि नं. २४ कालिका गण कास्किबाट सोमबार बिहान ४ जना गोताखोर र ५ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित १९ जनाको टोली परिचालन भएको थियो।