म्याग्दीका सांसद गर्बुजा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त
- १७ बैशाख २०८२, बुधबार
- 1 पटक पढिएको
म्याग्दी १७ वैशाख। म्याग्दीबाट निर्वाचित सांसद खम बहादुर गर्बुजा ( खमवीर ) ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार गर्बुजालाई नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम राज्यमन्त्री पदमा नियुक्त गर्नु भएको हो ।

यसअघि १० वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेपछी काग्रेसले गर्वुजा लाई राज्यमन्त्रीमा सिफारिस गरेको थियो ।
नेपाली कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका गर्बुजा म्याग्दीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनु भएको थियो ।