युवा नेता जुग्जाली माओवादी केन्द्रको वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित

  • २७ माघ २०८१, आईतवार
  • 599 पटक पढिएको

म्याग्दी, २७ माघ । नेकपा (माओवादी केन्द्र) को वैकल्पिक केन्द्रीय सदस्यमा म्याग्दीका युवा नेता रेशम जुग्जाली (सुविन) मनोनित हुनुभएको छ । पार्टीको पदाधिकारी बैठकले गण्डकी प्रदेश सभा सदस्य एवं पुर्व मन्त्री जुग्जालीलाई वैकल्पिक केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।


नेकपा (माओवादी केन्द्र) म्याग्दीको निवर्तमान जिल्ला संयोजक समेत रहनुभएका जुग्जाली गण्डकी प्रदेश सरकारको पूर्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रि समेत हुनुहुन्छ । गण्डकी प्रदेश सरकारको मन्त्री हुँदा पूर्वाधार विकास र यातायात क्षेत्रका समस्या समाधानमा उल्लेख्य काम गर्नुभएका युवा नेता जुग्जाली कुशल संगठक र नेतृत्वकर्ताको रुपमा परिचित हुनुहुन्छ ।