आठौँ म्याग्दी महोत्सवको आकर्षणः कालीगण्डकी नदीमा ¥याफ्टिङ सञ्चालन

  • ३ माघ २०८१, बिहीबार
  • कमल खत्री
  • 137 पटक पढिएको

म्याग्दी ३ माघ । म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि ¥याफ्टिङ सञ्चालन गरिएको छ । बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा आउने आन्तरिक पर्यटकहरुलाई लक्षित गरेर बुधवारदेखि बेनीको जलेश्वरदेखि खुलामञ्च नजिकको दोभानसम्म छोटो दुरीको ¥याफ्टिङ सञ्चालन गरिएको हो ।


नेपाल रिभर एक्सपोलर प्रा.लिसंगको सहकार्यमा जलयात्राको लागि ¥याफ्टिङ सञ्चालन गरिएको कालीपुलमा रहेको गण्डकी होटलका सञ्चालक गम पुनले बताउनुभयो । पुनले हरेक हिउँदयाममा कालीगण्डकी नदीमा नियमित ¥याफ्टिङ सञ्चालन गर्दै आउनुभएको छ ।
‘‘ महोत्सवमा आउने दर्शक र पर्यटकहरुलाई थप मनोरञ्जनका लागि जलयात्रा सुरु गरिएको छ, छोटो दुरीमा न्यूनतम शुल्क लिएर ¥याफ्टिङ सेवा प्रवाह गरेका छौँ’’– पुनले भन्नुभयो । बेनी स्थित जलेश्वरदेखि म्याग्दी र कालीगण्डकी नदीको दोभानसम्म प्रतिव्यक्ति रु ८ सय र बगरफाँटबाट दोभानसम्म रु ६ सय शुल्कमा ¥याफ्टिङ गर्न सकिने जनाईएको छ ।
नदीको आपपासका पहाडी भूगोल र तटीय क्षेत्रका बस्तीले कालीगण्डकी नदीमा ¥याफ्टिङका लागि उत्तम मानिने गाइड सन्तोष गिरीले बताउनुभयो । उहाँले जलयात्रामा रमाउन चाहनेहरुको समूह बनेमा लामो दुरीमा समेत ¥याफ्टिङ सञ्चालन गर्न सकिने जानकारी दिनुभयो ।
अहिले तत्कालका लागि दुईवटा आठ–आठ जना यात्रु क्षमताको बोट सञ्चालनमा ल्याइएको छ । गलेश्वर–बेनीलाई प्राथमिकता दिइएको भए पनि यात्रु र पर्यटकको चाहनाबमोजिम बेनी हुँदै मालढुङगाबाट नयाँ पुल भएर मिर्मीसम्म पनि जलयात्रा गराउन सकिने जनाइएको छ ।
बेनी आसपासको क्षेत्रमा रहेको जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा ¥याफ्टिङले सहयोग पुग्ने अपेक्षा गरिएको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । बेनी नगरपालिका–९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै मालढुङ्गा–नयाँ पुल भएर मिर्मी पुग्न सकिने गरी ¥याफ्टिङ सञ्चालन गर्न पहल हुँदै आएको उहाँको भनाई छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l