ठूलो परिमाणमा लागूऔषध सहित युवति पक्राउ

  • ६ मंसिर २०८१, बिहीबार
  • 1185 पटक पढिएको

म्याग्दी ६ मङ्सिर । म्याग्दीमा लागू औषध सहित एक युवति पक्राउ परेकी छिन् । मंगला गाउँपालिका– २ की २३ बर्षिया पूर्णा विकलाई ठूलो परिमाणको लागू औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयको आगू औषध ब्यूरोबाट प्राप्त सूचनाको आधारमा घर खानतलासी गर्दा बिकको घरमा ठूलो मात्रामा लागू औषध लुकाई छिपाई राखेको भेटिएपछि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार, बिकको घरको आँटी तलामा चामलको खाली बोरामा कालो प्लाष्टिकभित्र लुकाई छिपाई राखेको अबस्थामा १ हजार १ सय ९३ एम्पुल लागूऔषध फेला पारिएको छ । बिकको घरबाट ३९८ एम्पुल डाइजापाम, ३९७ एम्पुल फेनेग्रन र ३९८ एम्पुल बुप्रिनफिन बरामद भएको छ ।

घरमा लागू औषध राखेको भेटिएपछि बिकलाई लागू औषध शिर्षकमा मुद्धा दर्ता गरि आबश्यक अनुसंधान अघि बढाएको प्रहरी निरिक्षक पौडेलले जानकारी दिनुभयो । म्याग्दीमा पछिल्लो समय लागू औषध दुव्र्यसनको समस्या बढेको छ ।
कमल खत्री – – –