मिर्गौला पिडित भण्डारीको उपचारमा जापानमा रिजालको नेतृत्वमा रु १ लाख बढी सहयोग

  • ५ मंसिर २०८१, बुधबार
  • 3 पटक पढिएको

म्याग्दीको रघुगंगा गाउँपालिका–३ फुलवारीका मिर्गौला पिडित चन्द्रबहादुर भण्डारी (एकेन्द्र)को उपचारमा जापानबाट रु १ लाख बढी सहयोग जुटेको छ । जापानमा रहनुभएका रघुगंगा गाउँपालिका– ३ मौवाफाँटका युवा आनन्द रिजालको नेतृत्वमा रु १ लाख २४ हजार ७८३ सहयोग जुटेको हो ।
आर्थिक अवस्था कमजोर रहेका भण्डारीको उपचारमा आर्थिक समस्या आएपछि जापानमा रहेका म्याग्देली र अन्य जिल्लाका नेपालीहरु समेतबाट सहयोग संकलन गरेर पठाईएको समन्वयकर्ता रिजालले बताउनुभयो । उहाँका अनुसार, जापानबाट केही सहयोगदाताहरुले मिर्गौला पिडित भण्डारीको परिवारको बैँक खातामा सिधै रकम पठाएका थिए भने रु १ लाख १४ हजार ७८३ समन्वयकर्ता रिजालले एकमुष्ठ रुपमा मिर्गौला पिडित भण्डारीको श्रीमतीको बैँक खातामा रकम जम्मा गर्नुभएको छ ।
मिर्गौला संगै आन्द्रामा समेत समस्या देखिएको र उपचारमा ठूलो खर्च लाग्ने भएकाले आफ्नो क्षमताले उपचार गराउन समस्या भएपछि घरपरिवारले सहयोग गर्न आग्रह गरेपछि देश विदेशमा रहेका राखुबासीले सहयोग गर्न थालेका छन् । दसैँ लगत्तै पोखरा स्थित गण्डकी क्षेत्रीय अस्पतालमा भर्ना भएर उपचार गराइरहनुभएका भण्डारीको अहिले काठमाण्डौ स्थित टिचिङ अस्पतालमा उपचार भैरहेको छ ।
सहयोगदाताको नामावली