मिर्गौला पिडित भण्डारीको उपचारमा बेल्जियममा रहेका राखुबासीबाट रु ३ लाख २२ हजार सहयोग
- ३ मंसिर २०८१, सोमबार
- 735 पटक पढिएको
म्याग्दीको रघुगंगा गाउँपालिका–३ फुलवारीका मिर्गौला पिडित चन्द्रबहादुर भण्डारी (एकेन्द्र)को उपचारमा बेल्जियममा रहेका राखुबासीले रु ३ लाख २२ हजार बढी सहयोग गरेका छन् ।
दुबै मिर्गौला फेल भएर काठमाण्डौको टिचिङ अस्पतालमा उपचार गराइरहनुभएका ४२ बर्षिय भण्डारीको उपचारमा बेल्जियममा रहनुभएका राखुबासीहरुले रु ३ लाख २२ हजार २ सय आर्थिक सहयोग गर्नुभएको हो । उक्त सहयोग रकम राखु समाज बेल्जियमका सल्लाहकार दलबहादुर शाहीले मिर्गौला पिडित भण्डारीलाई अस्पतालमै पुगेर हस्तान्तरण गर्नुभएको हो ।
मिर्गौला संगै आन्द्रामा समेत समस्या देखिएको र उपचारमा ठूलो खर्च लाग्ने भएकाले आफ्नो क्षमताले उपचार गराउन समस्या भएपछि घरपरिवारले सहयोग गर्न आग्रह गरेपछि देश विदेशमा रहेका राखुबासीले सहयोग गर्न थालेका छन् । दसैँ लगत्तै पोखरा स्थित गण्डकी क्षेत्रीय अस्पतालमा भर्ना भएर उपचार गराइरहनुभएका भण्डारीको अहिले काठमाण्डौ स्थित टिचिङ अस्पतालमा उपचार भैरहेको छ ।
सहयोगदाताको नामावली