रघुगंगाको पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधी मुक्तिधाम माविलाई

  • १० कार्तिक २०८१, शनिबार
  • 191 पटक पढिएको

म्याग्दी, १० कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्डको उपाधि भगवतिको मुक्तिधाम माविले जितेको छ । शनिबार वडा नम्बर ३ पिप्लेमा सम्पन्न भएको प्रतियोगितामा ९ स्वर्ण ,पाँच/पाँच वटा रजत र कास्य गरी १९ वटा पटक जितेर प्रथम हुँदै नगद रु ५५ हजार पुरस्कार सहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । यसैगरी ८ स्वर्ण,४ रजत र ३ कास्य पदक जितेर रघुगंगा मावि पिप्ले दोस्रो स्थान हासिल गरेको छ । ६ स्वर्ण,८ रजत र ४ कास्य पदक जितेको अमर मावि पाखापानी तेस्रो भएको छ ।


दोस्रो र तेस्रो विजेता विद्यालयले क्रमशः ३५ हजार र २५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । चौथो भएको महेन्द्र मावि झीँले ६ स्वर्ण,३ रजत र ६ कास्य पदक प्राप्त ग¥यो । विजेता विद्यालय र खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी,उपाध्यक्ष प्रेमकुमार पुन,प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी,सामाजिक विकास समितिका संयोजक मनकुमार शेरपुञ्जा,वडाध्यक्ष खिमबहादुर शाही,कार्यपालिका सदस्य होमबहादुर विक लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।


गत बिहिबार उद्घाटन भएको प्रतियोगितामा भलिबल, एथलेटिक्स र कबड्डी विधातर्फ छात्र र छात्राहरुको १३÷१३ इभेन्टमा प्रतियोगिता संचालन गरिएको थियो । प्रतियोगितामा दुईवटा आधारभूत सहित १२ वटा विद्यालयले सहभागिता जनाएका थिए । चालु आर्थिक बर्षमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गर्ने रघुगंगा पहिलो बनेको छ ।