दृष्टिविहिन विद्यार्थीलाई रु एक लाखको अक्षयकोष स्थापना

  • १२ आश्विन २०८१, शनिबार
  • 123 पटक पढिएको

म्याग्दी ९ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाको दिगोपनाको लागि अक्षयकोष बनाउन सुरु गरिएको छ । विद्यालयले दृष्टिविहिन विद्यार्थीहरुलाई आवासीय सुविधा सहित पठनपाठनको व्यवस्थापन गर्न कठिनाई भएपछि सहयोगदाताहरुबाट आर्थिक संकलन गरेर अक्षयकोष बनाउन लागेको हो ।

 

 

विद्यालयले सुरु गरेको दृष्टिविहिन विद्यार्थीहरुका लागि अक्षयकोष बनाउने अभियानमा म्याग्दीका प्रवासी एक यवाले रु १ लाख सहयोग गर्नुभएको छ । हाल यूएईमा ब्यवसाय गर्दै आउनुभएका रघुगंगा गाउँपालिका– २ भगवतीका प्रकाश कार्कीले उक्त सहयोग गर्नुभएको हो ।
विद्यालयको ६० औँ बार्षिक उत्सवको अवसरमा सहयोगदाता कार्कीले अक्षयकोष स्थापनार्थ उपलब्ध गरानुभएको उक्त एक लाख रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

सहयोगदाता कार्कीको आमा नैनकली कार्की र दिदी सुनिता भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदी र प्रअ विजय शर्मालाई उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । सहयोगदाता कार्कीको परिवारले दृष्टिविहिन विद्यार्थीहरुलाई न्यानो कपडा समेत वितरण गर्नुभएको थियो । राज्यबाट प्राप्त बजेटले मात्र विद्यालयमा रहेको दृष्टिविहिन स्रोत कक्षा संचालन गर्न समस्या भएको अवस्थामा सहयोगदाता कार्कीले उपलब्ध गराउनुभएको सहयोगले अक्षयकोष बनाउने अभियानको थालनी गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदीले बताउनुभयो । दृष्टिविहिन स्रोत कक्षामा अहिले १० जना विद्यार्थी अध्ययनरत छन् ।