मोना अस्ट्रेलियाद्वारा फोटो प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

  • ५ आश्विन २०८०, शुक्रबार
  • 490 पटक पढिएको

 

म्याग्दी, ५ असोज । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अष्ट्रेलियाको आयोजनामा ‘नदेखिएको म्याग्दी ’नामक फोटो प्रदर्शनी ,अन्तरक्रिया ,पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।


म्याग्दी जेसीजको समन्वयमा भएको कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गर्नुभएको थियो । कार्यक्रममा फोटो प्रतियोगिताका विजेता ,उपविजेता र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगीलाई पुरस्कार वितरण ,म्याग्दीका अग्रज फोटोग्राफर, एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने प्रकाश माविका समिर सुवेदी लगायतलाई सम्मान गरिएको थियो । त्यस्तै जिसस सभाहलमा म्याग्दीका विभिन्न धार्मिक तथा ऐतिहासीक पर्यटकीय स्थलहरुको फोटो समेत प्रर्दशनी गरिएको थियो ।


प्रतियोगितामा प्रथम हुनुभएका अन्नपुर्ण गाउँपालिका–५,शिखका गणेश गुरुङ (सुरेन), द्वितिय हुनुभएका बेनी नगरपालिका –५, का अनुप बानियाँलाई क्रमश नगद रु. २० हजार १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्रले पुरस्केृत गरिएको थियो । त्यसैगरी तृतिय र सान्त्वना स्थान हासिल गर्ने क्रमश: रघुगंगा गाउँपालिका– ३, पिप्लेका भविन्द्र शाही र बेनी नगरपालिका– ७,की रेन्जिसा श्रेष्ठलाई पाँच हजार र तीन हजार नगद सहित ट्रफि र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।


त्यस्तै एसईईमा जिल्ला टपर सुवेदीलाई १५ हजार नगद सहित सम्मान गरिएको छ । भने अंगद श्रेष्ठ, अमर बानियाँ ,प्रकाश कुमार श्रेष्ठ, सन्जयकुमार श्रेष्ठ, भोजबहादुर रिजाल ,सन्तोष महत र मोना अन्तर्राष्ट्रिय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष ददिवल खड्कालाई सम्मान गरिएको छ ।


जिसस प्रमुख थापा ,मोना अष्ट्रेलिया अक्षयकोषका संरक्षक दिपेन्द्र श्रेष्ठ लगायतले पुरस्कार तथा सम्मानपत्र हस्तान्त्तर गर्नुभएको थियो । गुरुङले खिच्नुभएको अन्नपूर्ण गाउँपालिका–४,स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने मौरिस हर्जोग पदमार्गको फुतफुते झरनाको तस्बिर प्रथम भएको थियो । सामाजिक सञ्जाल मोना अष्ट्रेलियाको फेसबुक पेज मार्फत तस्बिरहरु सार्वजनिक गरिएको थियो । मोना अस्टे«लियाले गत साउनको ६ देखि ९ गतेसम्म म्याग्देलीहरु मार्फत म्याग्दीका पर्यटकीय स्थलको तस्विर संकलन गरेको थियो । प्राप्त भएका फोटोहरु मोना अस्टे«लीयाले आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेको थियो । साउन ३० गतेसम्म सञ्चालित कार्यक्रममा १३९ जना सहभागी भएका थिए ।

कार्यक्रममा जिसस प्रमुख थापाले जिल्लाको हरेक क्षेत्रमा प्रवासी म्याग्दीलीहरुको योगदान रहेको भन्दै धन्यवाद तथा आभार व्यक्त गर्नुभयो । उहाले मोना अष्ट्रेलीयाको कार्यक्रमले जिल्लाको पर्यटन प्रवद्र्धन ,नदेखिएका पर्यटकीय स्थलहरुको पहिचान तथा प्रचारप्रसारमा ठुलो सहयोग पुगेको बताउनुभयो ।

पर्यटकीय क्षेत्रमा पुर्वाधार विकास ,सुरक्षा र पर्यटकहरुलाई सहज वातावरणको व्यवस्था मिलाउन स्थानीयबासी ,स्थानीय सरकारको दायीत्व भएको उहाँको भनाइ छ । म्याग्दीमा पर्यटकीय ,धार्मिक स्थल सहित सांस्कृतिक कला संस्कृती मार्फत पनि पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको बताउनुभयो । कार्यक्रममा बेनी नगर प्रमुख सुरत केसी ,धवलागिरी गाउँपालिका अध्यक्ष प्रेम पुन ,मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा ,अन्नपुर्ण गाउँपालिका अध्यक्ष भारतकुमार गर्बुजा पुनले पर्यटन क्षेत्रको विकासका लागि पालिकाबाट बजेट विनियोजन गरिएको बताउनुभयो । साथै उहाँहरूले पर्यटन क्षेत्रको प्रवर्द्दनको लागी सहयोग र सहकार्य गर्ने प्रतिवद्दता जनाउनुभयो ।
यसैगरी कार्यmक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल ,वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश पौडेल, फोटोग्राफर अमर बानियाँ ,सुरेन गुरुङ लगायतले बोल्नुभएको थियो । मोना अष्ट्रेलिया सदस्य असल केसीले म्याग्दी जिल्लाको पर्यटन प्रवद्र्धन ,नदेखिएका पर्यटकीय स्थलहरुको पहिचान तगा प्रचारप्रसार ,विभिन्न माध्यमबाट म्याग्दीलाई चिनाउन योगदान पु¥याउने व्यक्तीलाई प्रोत्साहन गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । साथै उहाँले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । बेनी नगरपालिका–७,का निवर्तमान वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको थियो भने अक्षयकोष संरक्षक श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।