कागखोलामा बाढीले पुरिएको बैंकको १ करोड ६५ लाख भेटियो

  • ३ भाद्र २०८०, आईतवार
  • 672 पटक पढिएको

 

जोमसोम, ३ भदौ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीमा अवस्थित दुई वटा बैंक तथा वित्तीय संस्थाको १ करोड ६५ लाख रकम भेटिएको छ। कागबेनीमा सञ्चालनमा रहेको प्रभु बैंक शाखाको ६५ लाख नगद मौज्दात शुक्रबार भेटिएको थियो

आइतबार दिउँसो २ बजे कागबेनी शाखा रहेको अर्को नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नगद मौज्दात रहेको १ करोड ५ लाख भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

अविरल वर्षाका कारण गत साउन २८ गते साँझ आएको बाढीले कागबेनीमा रहेको दुई वटा बैंक तथा वित्तीय संस्था बाढीले डुबानमा परेको थियो। त्यससमय बैंक तथा वित्तीय संस्था रहेको घरसँगै २९ घरमा पूर्ण क्षति भएको थियो भने १३ घरमा आशिंक क्षति भएको थियो।