म्याग्दी र मुस्ताङमा चिस्यान गृह निर्माण
- २९ श्रावण २०७९, आईतवार
- 721 पटक पढिएको
म्याग्दी २९ साउन । सुन्तला र स्याउलाई भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गर्ने उद्देश्यले म्याग्दी र मुस्ताङमा सात चिस्यान गृह निर्माण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत पछिल्लो तीन वर्षमा मुस्ताङमा ६ र म्याग्दीमा एउटा चिस्यानगृह निर्माण गरिएको हो । स्याउ र सुन्तलाको व्यावसायिक उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रमको सहयोगमा चिस्यान गृह निर्माण गरिएको परियोजनाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा सुधीर थापाले बताउनुभयो ।
