अन्नपूर्ण गाउँपालिकाको ४२ पदका लागि ९८ जनाको उम्मेदवारी दर्ता
- १३ बैशाख २०७९, मंगलवार
- 695 पटक पढिएको
म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा निर्वाचित हुने ४२ पदका लागि ९८ जनाको उम्मेदवारी दर्ता भएको छ । पोखरेबगरस्थित गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न दलका ९८ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।
निर्वाचन अधिकृत जानुका सुवेदीका अनुसार गाउँपालिका अध्यक्षमा ४ जना र उपाध्यक्षमा ३ जना, वडाअध्यक्षमा २३ जना खुल्ला वडा सदस्यमा ३५ जना, महिला सदस्यमा १७ जना र दलित महिला सदस्यमा १६ जनाको मनोनय दर्ता भएको जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्षमा नेकपा एमालेका भरतकुमार पुन, नेपाली कांग्रेसका बलबहादुर तिलिजाप पुन, राप्रपाका तिर्थबहादुर खड्का र नेशनल मंगाले अर्गनाईजेशनका रामबहादुर गवुर्जाले मनो दर्ता गर्नुभएको छ ।
यसैगरी उपाध्यक्ष्मा एमालेबाट दिवाकुमारी पुन, कांग्रेसबाट ललिता पुन र नेशनल मंगोल अर्गनाइजेशनका एलिना पुर्जा शेरपुञ्जाले मनोनय दर्ता गर्नुभएको हो ।