बेनी नगरको ५२ पदमा १७९ जनाको उम्मेदवारी दर्ता

  • १३ बैशाख २०७९, मंगलवार
  • 619 पटक पढिएको

बेनी, १३ बैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बेनी नगरपालिकाको ५२ पदमा १७९ जनाको उम्मेदवारी दर्ता भएको छ। बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा रहेको मूख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबारसम्म मनोनयन दर्ता भएको हो ।


मुख्य निर्वाचन अधिकृतको कार्यालयका धर्मराज सुवेदीका अनुसार नगरप्रमुखमा ८ जना, उपप्रमुखमा ७ जना, वडाअध्यक्षमा ३८ जना, महिला वडा सदस्यमा ३१ जना, दलित महिला सदस्यमा २९ जना, खुल्ला वडासदस्यमा ६६ जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिनुभयो ।

मेयरमा एमालेबाट सुरत केसी, कांग्रेसबाट चिरञ्जिवी शर्मा, माओवादी केन्द्रबाट धनलाल जैसी, एकीकृत समाजबादीबाट कृष्णकुमार विश्वकर्मा, राप्रपाबाट मिनाकुमारी शर्मा सापकोटा, मंगोल नेशनल अर्गनाईजेसनका नरबहादुर थापा, र स्वतन्त्रबाट धनबहादुर श्रीषले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

त्यस्तै, उपमेयरमा एमालेबाट पशुपति शाही, कांग्रेसबाट अमृतदेवी बाँनिया, माओवादीबाट ज्योती लामीछाने, राप्रपाबाट एकेन्द्र रावल, समाजबादीबाट मुना बानियाँ, जनमोर्चाबाट भोमकुमारी कार्की (विष्णु) र मंगोल नेशलन अगनाईजेसनबाट दिवा आलेले उम्मेदवारी दर्ता गर्नुभएको छ ।