अन्नपूर्णमा ४२ पदमा ९८ जनाको उम्मेदवारी
- १२ बैशाख २०७९, सोमबार
- 739 पटक पढिएको
म्याग्दी १२ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ४२ जनाको पदका लागि ९८ जनाको मनोनयन दर्ता भएको छ । गाउँपालिका अध्यक्षमा चार र उपाध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ । गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसबाट बलबहादुर तिलिज, उपाध्यषमा ललिता तिलिजा, एमालेबाट अध्यक्षमा भारतकुमार पुन (भरत), उपाध्यक्षमा दिवा कुमारी तिलिजा पुन, नेश्नल मंगोल अर्गनाइजेसनबाट अध्यक्षमा रामबहादुर गर्वुजा र उपाध्यक्षमा एलिना पुर्जा शेरपुजा, राप्रपाबाट गाउँपालिका अध्यक्षमा तिर्थबहादुर खड्काको उम्मेदवारी परेको छ ।
८ वटा वडा अध्यक्ष पदका लागि २३ जनाको उम्मेदवारी परेको छ । खुला सदस्यमा ३५, महिला सदस्यमा १७ र दलित महिला सदस्यका लागि १६जनाको उम्मेदवारी परेको छ । कुल उम्मेदवारी परेको मध्ये नेपाली काँग्रेसबाट ४० पद, माओवादी केन्द्रबाट २ पद, नेकपा एमालेबाट ४२ पद, राप्रपाबाट ४ पद, मंगोल अर्गनाइजेशनबाट ७ र स्वतन्त्रबाट ३ पदमा उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।