नेश्नल मंगोल अर्गनाइजेशनबाट रघगंगामा १० पदमा उम्मेदवारी दर्ता

  • १२ बैशाख २०७९, सोमबार
  • 681 पटक पढिएको

म्याग्दी, १२ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकामा नेश्नल मंगोल अर्गनाइजेशनले विभिन्न १० पदमा उम्मेदवारी दर्ता गराएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मंगोल अर्गनाईजेशनबाट गाउँपालिका अध्यक्षमा तुलप्रसाद गर्वुजाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।


त्यसैगरि वडा नम्बर १ को अध्यक्षमा भिमकुमार पुन, सदस्यहरुमा टकबहादुर पुर्जा, मनमायाँ विक, वडा नम्बर ४ मा अध्यक्षमा भरत गर्वुजा, सदस्यमा जालमायाँ विक, वडा नम्बर ५ झिँमा वडा अध्यक्षमा पदम शेरपुञ्जा, वडा नम्बर ६ पाखापानीमा वडा अध्यक्षमा प्रकाश पाईजा र वडा सदस्यमा पोविक विक , वडा नम्बर ७ चिमखोलामा वडा अध्यक्षमा गगन पुनको उम्मेदवारी दर्ता भएको छ ।