नेकपा एमालेबाट धवलागिरीको अध्यक्षमा थमसरा पुनको उम्मेदवारी

  • १२ बैशाख २०७९, सोमबार
  • 1133 पटक पढिएको

म्याग्दी, १२ बैशाख । नेकपा एमालले म्याग्दीको धवलागिरी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र मालिका तथा मंगला गाउँपालिकाको उपाध्यक्षको उम्मेद्वार टुंगाएको छ । मनोनयनको दोस्रो दिन बेनी नगरपालिकाबाहेक गाउँपालिकाको उम्मेदवार एमाले गण्डकी प्रदेश कमिटीले टुंगाएको हो ।


एमालेबाट धवलागिरी गाउँपालिकाको अध्यक्षमा थमसरा पुनलाई दोहो¥याएको छ । भने, उपाध्यक्षमा ताकमका प्रगती कार्कीलाई उम्मेदवार बनाएको छ।
त्यसैगरी एमालेले मालिका गाउँपालिकाको अध्यक्षमा बेगप्रसाद गर्वुजा र उपाध्यक्षमा लक्ष्मी पुनलाई  उम्मेद्वार बनाएको छ ।

मंगला गाउँपालिकाको अध्यक्षमा सतप्रसाद रोका र उपाध्यक्षमा प्रेमा अधिकारीलाई उम्मेदवार बनाउने भएको छ । बेनी नगरपालिकाको मेयर र उपमेयरको आकांक्षीहरुविच प्रदेश कमिटीलाई उम्मेदवार छनोट गर्न सकस भएको देखिन्छ ।