आयोगको निर्देशन विपरित चुनावमा कर्मचारी खटाउदा बेनी नगरपालिका कर्मचारीको असन्तुष्टी
- ११ बैशाख २०७९, आईतवार
- 807 पटक पढिएको
बेनी, ११ बैशाख । निर्वाचन आयोगले दिएको निर्देशन विपरीत कर्मचारी नियुक्ती गरी चुनावमा खटाइएको भन्दै बेनी नगरपालिकाका कर्मचारीले विरोध जनाएका छन् । आयोगले स्थानीय तहको निर्वाचनमा खटाउने कर्मचारीहरु सम्भव भएसम्म सम्बन्धित पालिकाबाट नै भर्ना गर्न निर्देशन छ ।
निर्वाचन अधिकृतले आफ्नो कार्यालयको लागि आवश्यक पर्ने कर्मचारी उपलब्ध भएसम्म सम्बन्धित स्थानीय तहको कार्यालयमा कार्यरत सरकारी कर्मचारी खटाउने र नपुगेमात्र जिल्ला स्थित अन्य सरकारी कार्यालयबाट काजमा खटाउनुपर्ने आयोगको निर्देशन छ ।
आयोगको निर्देशन विपरित निर्देशन विपरित पालिका कर्मचारीलाई वेवास्ता गरेर अन्य सरकारी कार्यालयबाट कर्मचारी ल्याएको प्रति बेनी नगरपालिकाका कर्मचारीले असन्तुष्टी ब्यक्त गरेका छन् । ‘बेनी नगरपालिकाकामा कार्यरत कर्मचारीहरुलाई छोडेर संघका कर्मचारी अथवा आफु खुशी कर्मचारी न्युक्ति प्रति असन्तुष्टी ब्यक्त गरेका छन् ।’
बेनी नगरपालिकाका कर्मचारीका अनुसार,–‘निर्वाचन आयोगको निर्देशिका अनुसार निर्वाचनमा सहभागी हुन पाउनुपर्ने हो, तर हामीलाई वास्ता नगरी जिल्लाका अरु कार्यालयबाट निर्वाचन अधिकृतको कार्यालयमा कर्मचारी खटाएको प्रति असन्तुष्टी छ ।’
निर्वाचन निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक भएका कर्मचारीहरु सम्बन्धित पालिकामा उपलब्ध भए अन्य स्थानबाट लिन नपाउने ब्यवस्था आयोगले जारी गरेको छ । निर्वाचन कार्यालय म्याग्दीका निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले निर्वाचन अधिकृतले विश्वास गर्ने कर्मचारी छनोट गरेर निर्वाचनमा खटाउन पाउने अधिकार रहेको भन्नुभयो ।
म्याग्दीका पालिकामा खटिएका निर्वाचन अधिकृतले आयोगको निर्देशनलाई बेवास्ता गरेको देखिन्छ ।