लोमान्थाङमा कांग्रेसका वडा सदस्य एमालेमा प्रवेश

  • ८ बैशाख २०७९, बिहीबार
  • 1153 पटक पढिएको

म्याग्दी— ८  बैशाख नेपाली कांग्रेसका सक्रिय सदस्य एवं लोमान्थाङ गाउँपालिका —५ का वडा सदस्य समेत रहेका पासाङ गुरुङ बिहिबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।उनलाई नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य ईन्द्रधारा बिष्टले पार्टी प्रवेश गराएका हुन् । स्थानीय तह निर्वाचन २०७४ मा गुरुङ नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।

उनलाई गण्डकी प्रदेश कमिटी सदस्य बिष्टले खाँदा लगाएर पार्टीमा स्वागत गरेका थिए ।लोमान्थाङमा अघिल्लो दिन नेपाली कांगे्रस परित्याग गरी एक दर्जन कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । यसअघिको स्थानीय तह निर्वाचन अन्तर्गत लोमान्थाङमा दुई वडा सदस्य मात्र एमालेले जितेको थियो भने बाँकी पुरै नेपाली कांगे्रसले जीत हासिल गरेको थियो । एमालेको ३ वर्षीय कार्यकालमा भएका उपलब्धि र समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना एमालेले मात्र पुरा गर्न सक्ने भएकाले उपल्लो मुस्ताङमा एमाले प्रति जनलहर बढेको गण्डकी प्रदेश कमिटी सदस्य बिष्टले दावी गरे ।

‘ स्थानीय तह २०७४ को भन्दा यसपटकको माहोल बेग्लै छ,एमाले प्रति जनता क्रेज बढ्दै छ ,उनले भने ,‘ यसपटक लोमान्थाङमा कांग्रेसको वर्चश्वलाई एमालेले तोड्ने छ । स्थानीय तह निर्वाचन २०७४ मा नेकपा एमालेले अध्यक्ष पदमा त्यहा उम्मेदवार खडा गर्न सकेको थिएन ।लोमान्थाङमा एमाले उपाध्यक्ष पदमा ३३३ मत पाउँदा नेपाली कांग्रेसले ६५२ मत प्राप्त गरी अत्यधिक बहुमतले बिजयी भएको थियो । यसपटक लोमान्थाङमा कांग्रेसको किल्ला भत्काएर छाड्ने एमाले पालिका कमिटी अध्यक्ष निमा ढिन्डुक गुरुङले दावी गरे ।