लोमान्थाङमा कांग्रेस परित्याग गरी एक दर्जन कार्यकर्ता एमालेमा प्रवेश
- ६ बैशाख २०७९, मंगलवार
- 1107 पटक पढिएको
म्याग्दी ६ वैशाख । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा नेपाली कांग्रेस परित्याग गरी एक दर्जन नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार लोमान्थाङमा आयोजित आसन्न स्थानीय तह निर्वाचनको उम्मेदवार छनौट कार्यक्रममा एक दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले गण्डकी प्रदेश कमिटी सदस्य एवं प्रदेश सभा सदस्य ईन्द्रधारा बिष्टले जानकारी दिए ।
लोमान्थाङमा नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गर्नेमा लोमान्थाङ—३ ठिङ्गरका लाक्पा छिरी गुरुङ,लोमान्थाङ—३ फुवाका आङजेन गुरुङ,लोमान्थाङ—४ न्याम्डोकका आङ्ग्याल गुरुङ र लोमान्थाङ—५ का टासी पासाङ लोहासहित एक दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।उनीहरुलाई एमाले गण्डकी प्रदेश कमिटी सदस्य ईन्द्रधारा बिष्टले पार्टी प्रवेश गराएको एमाले लोमान्थाङ पालिका कमिटी अध्यक्ष निमा ढिन्डुक गुरुङले बताए ।
यस्तै, लोमान्थाङमा कांगेस छोडेर एमाले प्रवेश गर्नेहरुलाई एमाले मुस्ताङ जिल्ला ईञ्चार्ज चन्द्रमोहन गौचनले फेसबुक मार्फत स्वागत गरेका छन् । नेकपा एमाले लोमान्थाङ पालिका कमिटीले ठिङ्गरका एमाले युवा नेता टसी नर्बु गुरुङलाई आसन्न स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।तर,एमालेले अध्यक्षको उम्मेदवार चयन गरेपनि उपाध्यक्षसहित अन्य उम्मेदवारको टुङ्गो लगाएको छैन । पालिका कमिटी अध्यक्ष निमा ढिन्डुक गुरुङले एक दुई दिन भित्र सबै उम्मेदवारको टुङ्गो लाग्ने जानकारी दिए । फोटो क्याप्सन ः लोमान्थाङमा एक दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश । तस्विर : ईन्द्रधारा बिष्ट ।