मालिका गाउँपालिका अध्यक्षमा एमालेबाट पुन: बेग प्रसाद गर्बुजा उम्मेदवार
- २९ चैत्र २०७८, मंगलवार
- 919 पटक पढिएको
मंगलबार दरवाङमा बसेको पालिका कमिटीको बैठकले गर्बुजालाई नै सम्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन गर्ने निर्णय गरेको हो ।
मालिका गाउँपालिका ७ बिम निबासी गर्बुजा नेकपा एमाले पालिका गाउँपालिका कमिटीका अध्यक्ष समेत हुनुहुन्छ । गर्बुजा २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत मालिकाको अध्यक्ष पदका लागि एमालेबाट उम्मेदवार बन्नुभएको थियो । यहाँ एमालेवाट गाउँपालिका उपाध्यक्ष समेत रहनु भएकी खरमायाँ विटालु समेत अध्यक्ष पदको उम्मेदवार बन्न इच्छुक हुनुहुन्थ्यो । पालिका उपाध्यक्षको उम्मेदवार भने टुङगो लागि नसकेको पालिका कमिटीले जनाएको छ ।