एमालेबाट बेनी नगरपालिकाको मेयरको उम्मेदवारमा ४ जना सिफारिस
- २९ चैत्र २०७८, मंगलवार
- 1163 पटक पढिएको
बेनी, २९ चैत । आसन्न स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको मेयर पदकाे उम्मेदवारका लागि नेकपा एमालेले ४ जनाको नाम सिफारिस गरेको छ ।
मंगलबार बसेको एमाले नगर कमिटीको बैठकले नगरप्रमुखको उम्मेदवारका लागि प्रमोद श्रेष्ठ, सन्तोष रावल, सुरत केसी र नारायण जिसीको नाम सिफारिस गरिएको नगर कमिटीका अध्यक्ष नारायण जिसीले जानकारी दिनुभयो ।
मेयरमा सिफारिस गरिएकाहरुमध्ये श्रेष्ठ अघिल्लो स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नुभएको थियो । श्रेष्ठ हाल नेकपा एमाले गण्डकी प्रदेश कमिटीको सदस्य समेत हुनुहुन्छ । यस्तै रावल युवा संघ नेपालको केन्द्रिय उपाध्यक्ष तथा पार्टीको प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।केसी जिल्ला कमिटी सचिव र जिसी नगर कमिटी अध्यक्ष हुनुहुन्छ ।
उपमेयरमा पशुपति शाही, विष्णु गुरुङ, भावना पौडेल र गौरी थापाको नाम सिफारिस गरिएको छ । मेयर र उपमेयरमा सहमति नजुटेपछि आकांक्षीहरुको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको नेकपा एमालेले जनाएको छ ।