एमालेबाट बेनी– ७ को अध्यक्षमा पुनः राजेन्द्र कुमार श्रेष्ठ
- २९ चैत्र २०७८, मंगलवार
- 931 पटक पढिएको
म्याग्दी, २८ चैत । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनी नगरपालिका वडानम्वर ७ मा हालको वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठलाई अध्यक्षको उम्मेदवारमा सर्वसम्मत बनाएको छ ।सोमवार सम्पन्न वडा कमिटीको बैठकले श्रेष्ठलाई वडा अध्यक्षको उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरको हो ।
त्यस्तै बैठकले खल्ला सदस्यमा रमेश फगामी र महिला सदस्यमा पुष्पा थापालाई उम्मेदवार बनाउने निर्णय गरको नेकपा एमाले बनी नगरकमिटी अध्यक्ष नारायण जिसीले जानकारी दिनुभयो । १ जना खुल्ला सदस्य र दलित महिला सदस्यको उम्मेदवार भने पछि चयन गरिनेछ ।बैठकमा नगरकमिटी तथा जिल्ला कमिटीका नेताहरुको उपस्थिति रहेको थियो ।