एमालेबाट मंगलाको अध्यक्षमा पुनः सतप्रसाद रोकाको उम्मेदवारी

  • २८ चैत्र २०७८, सोमबार
  • 913 पटक पढिएको

म्याग्दी, २८ चैत । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट मंगला गाउँपालिकाको अध्यक्ष सतप्रसाद रोकालाई उम्मेदवारमा दो¥याउने सहमति भएको छ ।

एमालेको गाउँपालिका कमिटीले आईतबार बसेको बैठकले विस २०७४ को चुनावमा बिजयी रोकालाई यसपटक अध्यक्षको उम्मेदवारमा दो¥याउने निर्णय गरेको हो ।
संघियताको प्रभावकारी रुपमा कार्यान्वयनको चरण, विपद, कोरोना महामारीका विचपनि जनताका पक्षमा संचालन रहेका अधुरा योजनालाई पुर्णता दिने प्रतिवद्धता अनुसार अध्यक्ष पदको उम्मेदवार स्विकार गरेको बताउनुभयो ।

उपाध्यक्ष पदमा गाउँपालिका उपाध्यक्ष सिर्जना केसी र नेता पेमा अधिकारीले दावी गर्नुभएको छ । ५ वटा वडा रहेको मंगलामा २०७४ सालको चुनावमा अध्यक्ष, उपाध्यक्ष र ४ वडा जितेको थियो । नेपाली कांग्रेस र माओवादी केन्द्रले मंगलामा चुनावी तालमेलमा पनि एमालेले बिजयी हासिल गरेका थिए । ८ वटा मतदानस्थलमा १७ वटा केन्द्र तोकिएको मालिकामा १३ हजार २०१ ज्ना मतदाता छन् ।