छन्त्याल संघको नयाँ नेतृत्व चयनको लागि मतदान सुरु

  • २७ चैत्र २०७८, आईतवार
  • 978 पटक पढिएको

बेनी, २७ चैत । नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । म्याग्दी सदरमुकाम बेनीमा गत शुक्रवारदेखि सुरु भएको महाधिवेशनमा नयाँ नेतृत्व चयन पक्रियामा सहमती हुन नसकेपछि मतदान मार्फत नेतृत्व चयन गर्न लागिएको हो ।


अन्य पदहरुमा सर्वसम्मत भएपनि अध्यक्ष, बरिष्ठ उपाध्यक्ष र महासचिब पदमा निर्वाचन सुरु भएको निर्वाचन समितिले जनाएको छ । संघको अध्यक्षमा वर्तमान अध्यक्ष मनमोहन बुढाथोकी छन्त्याल र गजेन्द्र छन्त्याल प्रत्यासी हुनुहुन्छ । अध्यक्षका प्रत्यासी दुबै जना यस अघिको छैटौँ महाधिवेशनका समेत प्रतिस्पर्धी हुनुहुन्छ ।


त्यसैगरि बरिष्ठ उपाध्यक्षमा मनमायाँ छन्त्याल, पदम डाँडामारे छन्त्याल र देबप्रसाद घरब्जा छन्त्याल प्रतिस्पर्धामा हुनुहुन्छ भने महासचिबमा बलमान घरब्जा छन्त्याल र कृष्णबहादुर छन्त्यालबिच प्रतिस्पर्धा भएको छ । मतदानमा ३५० बढी प्रतिनिधिले भाग लिने जनाइएको छ । सर्वसम्मत हुन नसकेपछि मतदान मार्फत नेतृत्व चयन प्रकृया अघि बढेको संघका संरक्षक परिषद सदस्य इन्द्रजित भलन्जा छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार, मतदान सकिएपछि आजै मतगणना सुरु हुनेछ ।


महाधिवेशनको शुक्रवार गृहमन्त्री बालकृष्ण खाँडले उद्घाटन गर्नुभउको थियो । महाधिवेशनबाट आगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन हुनेछ । महाधिवेशनमा विभिन्न ११ जिल्लाबाट प्रतिनिधिहरुले भाग लिएका छन् ।