नेपाल छन्त्याल बिद्यार्थी संघको केन्द्रिय अध्यक्षमा म्याग्दीका अमर भलञ्जा छन्त्याल चयन

  • २७ चैत्र २०७८, आईतवार
  • 815 पटक पढिएको

म्याग्दी २७ चैत । नेपाल छन्त्याल संघको विद्यार्थी संगठन नेपाल छन्त्याल बिद्यार्थी संघको केन्द्रिय अध्यक्षमा म्याग्दीका अमर भलञ्जा छन्त्याल निर्वाचित हुनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न भएको संघको चौँथो राष्ट्रिय महाधिवेशनबाट जिल्लाको रघुगंगा गाउँपालिका ८ कुइनेमंगले निवासी छन्त्याल सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । छन्त्याल यसअघि संघको म्याग्दी जिल्ला सचिव र केन्द्रीय सदस्यको रुपमा रहेर काम गरिसक्नुभएको छ ।
१३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा तिल कुमारी घरब्जा छन्त्याल, रिना भलञ्जा छन्त्याल, महासचिवमा मिलन छन्त्याल, सचिवमा सपना छन्त्याल, कोषाध्यक्षमा टेकमाया भलञ्जा छन्त्याल र सह–कोषाध्यक्षमा यमकलि घरब्जा छन्त्याल निर्वाचित हुनुभएको छ ।

संघको सदस्यहरुमा भिम कुमारी झिङराजा छन्त्याल,, हिरा कुमार पोत्लाङ्गे छन्त्याल, मुनम पोत्लाङ्गे छन्त्याल, मार्मिन बुढाथोकी छन्त्याल, कोमली भलञ्जा छन्त्याल र रचना पोत्लाङ्गे छन्त्याल चयन हुनुभएको अध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार बिभिन्न भेगहरु मिलाएर संघको वाँकी सदस्यहरु भने पछि मनोनित गरिनेछ ।

नेपाल छन्त्याल संघको सातौँ राष्ट्रिय महाधिवेशनको अवसर पारेर बिद्यार्थी संघको पनि चौँथो अधिवेशन सम्पन्न गरिएको हो । छन्त्यालहरुको छन्त्याल विद्यार्थी संघ मार्फ अघि बढाउने अध्यक्ष छन्त्यालको भनाई छ । अधिवेशन निवर्तमान अध्यक्ष याम छन्त्यालको अध्यक्षता र महासचिव माधव छन्त्यालको संचालनमा सम्पन्न भएको थियो ।