एकीकृत समाजवादीको जलजलाको अध्यक्षमा पुन
- २६ चैत्र २०७८, शनिबार
- 745 पटक पढिएको
बेनी, २६ चैत । पर्वत जलजला गाउँपालिकाको एकीकृत समाजवादीको अध्यक्षमा लालविर पुन चयन भएका छन् । पार्टीको पालिका स्तरीय आयोजित भेलाले पुनको अध्यक्षमा २५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको हो ।
कमिटीको उपाध्यक्षमा टीकानाथ सुवेदी, सचिवमा तुलबहादुर पुन, उपसचिवमा सुनिता विश्वकर्मा र सदस्यहरुमा क्रमशः मनबहादुर पुन, मोतिप्रसाद पुनमगर, भद्रबहादुर चोचाङ्गी, राजकुमारी खोर्जा, नरु पाइजामगर, कमल सुवेदी, बालकृष्ण सुवेदी, गौरे नेपाली, राजु सार्की, नवराज शर्मा, विपना शर्मा, डम्बरबहादुर सार्की, लालबहादुर किसान, कमल सार्की, आमोश रसाइली, तप्तबहादुर विक, बुद्धिकला बिसी, दिपक किसान, अर्जुन परियार, होमबहादुर बिक र जीतबहादुर बिक रहेका छन् ।
भेलालाई सम्बोधन कार्यक्रमका प्रमुख अतिथि निर्वाचन आयोगका केन्द्रिय सदस्य तथा भूमि आयोग पर्वतका अध्यक्ष उदय सुवेदीले असली कम्युनिस्टहरुलाई एकीकृत गर्न नेकपा एकीकृत समाजवादी जन्म भएको बताए । समाजवादी म्याग्दीका अध्यक्ष युवा नेता कृष्ण विश्वकर्माले गलत बाटोमा हिँडेको कम्युनिस्ट आन्दोलनलाई फेरि सही मार्गमा डो¥याउने जिम्मा फेरि एकपटक तपाई हाम्रो हातमा आइपुगेको बताए ।