पूर्णता पायो भूमि आयोग म्याग्दीले

  • २६ चैत्र २०७८, शनिबार
  • 601 पटक पढिएको

म्याग्दी, २६ चैत । भूमि सम्वन्धी समस्या समाधान आयोग म्याग्दीले पुर्णता पाएको छ । भूमि आयोग म्याग्दीको अध्यक्षमा संघीय समाजबादी म्याग्दीका अध्यक्ष देबेन्द्र विश्वकर्मा नियुक्त भएका छन्। आयोगको सदस्यहरुमा नेकपा माओवादी केन्द्रबाट खुमनाथ सुबेदी, नेपाली कांग्रेसबाट टंक हमाल र खिमा पुर्जा मगर रहनुभएको छ ।

राजनीतिक दलबाट नियुक्तसंगै पूर्णता पाएको आयोगले भूमिहिन दलित, भूमिहिन सुकुमबासीलाई लालपुर्जा उपलब्ध गराउने काम मुख्य हुने छ ।

सत्ता गठबन्धनको राजनीतिक नियुक्तिमा एकीकृत समाजवादीलाई बेवास्ता गरिएको भन्दै जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माले विज्ञप्तीमार्फतनै ध्यानाकर्षण गराएका थिए ।