बागलुङमा आन्तरिक पर्यटकको चहलपहल
- २२ चैत्र २०७८, मंगलवार
- 1101 पटक पढिएको
उहाँले सामाजिक सञ्जालमा देखेको लामो पुल, पञ्चकोट लगायतका स्थानले अफूलाई बागलुङ आउने प्रेरित गरेको बताउनुभयो । अहिले जिल्लामा आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । भरतुपर महानगरपालिका–२ क्षेत्रपुर चितवनको मितेरी आमा समूह, चितवनकै बिस हजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड र धादिङ जिल्लाको श्री विशाल आमा बचत तथा ऋण सहकारी संस्था लगायतका संस्थाहरू बस लिएरै बागलुङ बागलुङ भ्रमणमा आएका छन् । यस्ता सामाजिक तथा सङ्घसंस्थाहरू दैनिक सयौँको सङ्ख्यामा बागलुङ आउन थालेका छन् । अहिले कालिका मन्दिर परिसर र पञ्चकोटमा पर्यटक बोकेका सवारीसाधनहरूको चाप थेगिनसक्नु छ । चैत दोस्रो सातादेखि बागलुङमा आन्तरिक पर्यटकको चाप ह्वात्तै बढेको पर्यटन व्यवसायी बताउँछन् ।