पर्वतमा पॉचदलिय गठबन्धनले साझा उम्मेदवार बनाउने
- २१ चैत्र २०७८, सोमबार
- 1379 पटक पढिएको
पर्वत,२१ चैत्र । पॉचदलको केन्द्रिय तथा प्रदेशको नितिअनुसार पर्वतमापनि सरकारमा आबद्ध पाचदलिय गठबन्धनले साझा उम्मेदावार बनाउने निर्णय गरिएको छ । हिजो पर्वतको सदरमुकाम कुश्माबजारमा बसेको पा“च दलका प्रमुख प्रतिनिधीहरुको बैठकद्धारा आगामी स्थानियनिर्वाचनमा साझा उम्मेदवार बनाउने निर्णय गरेको आईतबार विहान आयोजित पत्रकार सम्मेलनमा जानाकारी गराईएको हो । पा“चदलमा नेपाली काग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजबादी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।
नेपाली कांग्रेस पर्वतका सभापती युवराज जोशिको अध्यक्षतामा बसेको बैठकले स्थानिय निर्वाचनमा क्षेत्र, पालिका र वडा तहमा साझा उम्मेदवार बनाउने र साझा संयन्त्रको निर्माणगर्ने निर्णय गरेको हो ।
सोमबार बिहानको कार्यक्रममा नेपाली काग्रेसका सभापती युवराज जोशी, माओवादी केन्द्रका केशव कूवर, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य एव जिल्ला अध्यक्ष मोती पौडेल, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य ढाकाराम गौतम, राष्ट्रिय जनमोर्चाका बुद्धिराज गौडेलले केपी ओलीले देखाएको प्रतिगमन विरुद्ध गठबन्धनलाई ससक्त बनाउदै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।