कालीपुल बसपार्कमा ‘टर्मिनल भवन’ बन्ने
- १६ फाल्गुन २०७८, सोमबार
- 994 पटक पढिएको
म्याग्दी, १६ फागुन । देशका विभिन्न ठाउँबाट आउने र जाने सवारीसाधन विसौनीको रुपमा प्रयोग हुदै आएको म्याग्दीको कालीपुल बसपार्कमा टर्मिनल भवन बनाउन सुरु गरिएको छ । बेनी नगरपालिका–८ स्थित रहेको कालीपुल बसपार्कलाई ब्यवस्थित रुपमा संचालनका लागि गुरुयोजना अनुसार साढ दुई करोड रुपैयाँ लगानीमा टर्मिनल भवन बनाउन लागेको हो ।
सघन सहकारी तथा भवन डिभिजन कार्यालय बागलुङले दुई करोड ४८ लाख रुपैयाँमा शुभ कन्स्ट्रक्सन काठमाण्डौ सँग ठेक्का सम्झौता गरी बसपार्क बनाउन लागेको लागिएको बेनी नगरपालिका वडानम्वर ८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले जानकारी दिए । सार्वजनिक शौचालय, बाथरुम, टिकट काउन्टर र यात्रु प्रतिक्षालय लगायतको सुविधा रहेका टर्मिनल बन्ने योजना अनुसार भवन निर्माणका लागि जग खन्ने काम भईरहेको अध्यक्ष बराईलीले बताए ।
१५ महिना सक्ने लक्ष्यसहित पुष १३ गते कार्यालयसंग सम्झौता भएको इन्जिनियर मिलनजंग बस्नेतले बताए । ‘अपाङ्गमैत्री बन्ने टर्मिनल भवन एकतलाको हुन्छ, पार्कीङस्थल ढलान गरिने छ।’ ‘बसपार्क निर्माण गर्ने २०७४को सहरी विकास मन्त्रालयले २१ करोड लागत अनुमानमा बसपार्क गुरुयोजना बनाउने डिपिआर तयारी पारेको थियो । विस्तृत परियोजना प्रतिवेदनको आधारमा विगत २ बर्षदेखि पुर्वाधार निर्माण भईरहेको छ ।’
गुरुयोजना अनुसार बसपार्कमा नगरपालिका, प्रदेश र संघ सरकारको सहकार्यमा बजेट विनियोजनबाट पुर्वाधार निर्माणले निरन्तरता पाएको वडा अध्यक्ष एवम् नगरपालिकाका प्रबक्ता बराईलीले भने । ‘गतबर्ष बसपार्कमा रहेको बास्केटबल मैदानलाई कालीगण्डकी किनारमा स्थानान्तरण गरेर खैलमैदान ढलान र प्याराफिट निर्माण, बसपार्कको ट्याक्सी पार्कीङ निर्माण गरिएको थियो ।’ त्यस्तै,‘गतबर्षनै बसपार्कमा यात्रु प्रतिक्षालय, सार्वजनिक शौचालय, टिकट काउण्टर, र चियाखाजा पसलका लागि टहरा निर्माण, बसपार्क ढलान, सडकलाई कालोपत्रेले केही रुपमा धुलो कम र बसपार्क पहिल्य भन्दा अब्यवस्थित पार्किङ कम भएको छ ।
२०६४ सालमा पर्वत र म्याग्दी जोड्ने कालीगण्डकी नदीमाथि पक्की मोटरेवल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सुरु भएको थियो । बेनी देखि काठमाण्डौ, पोखरा,सुनौली, हिमालपारीको जिल्ला मुस्ताङ र देशको विभिन्न स्थानबाट आउने र जाने सवारीसाधनको पार्कीङस्थल हो । यस बसपार्कलाई नदीको कटानबाट जोगाउन रुपाताल संरक्षण आयोजनाले पक्की संरचना बनाउन सुरु गरेको छ।
नदीको कटान र ब्यवसायीको अधिक्रमणले बसपार्कमा सामानहरु राखेर बेच्ने, निजीजस्तै सम्पतीको प्रयोग गर्दा जिल्लाका गाउँगाउँबाट र देशका विभिन्न ठाउँबाट आउने यात्रुले सास्ती खेप्नुपरेको छ । सागुरो बसपार्क भविष्यलाई नसोची गुरुयोजना अनुसार पुर्वाधार निर्माण भएपनि आवश्यक भन्दा बढी संरचना निर्माण भविष्यमा पार्कीङको अभाव हुने सम्भावना बढेको कालीपुलबासीको गुनासो बढेको छ ।