जापानमै अस्ताए शिखका चमान सिंह पाईजा

  • १० फाल्गुन २०७८, मंगलवार
  • 1342 पटक पढिएको

जपान १० फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ शिख घर भई हाल जापानमा रहनुभएका एक व्यक्तिको निधन भएको छ । जापानको आईचि केन टोयोटा सिईमा रहेको कम्पनीमा विगत २१ वर्षदेखि कार्यरत रहनुभएका शिखका ४९ वर्षीय चमान सिंह पाईजा मगरको मृत्यु भएको हो । फेब्रुअरी १३ मा कम्पनीमा कार्यरत रहेकै अबस्थामा उहाँको मृत्यु भएको थियो ।

 

घटनाको जानकारी पाए लगतै गैर आवासीय नेपाली संघ आईसीसी सदस्य एवम म्याग्दी प्रवासी नेपाली संघ (मोना) आईसीसी (एसिया प्यासिफिक संयोजक)दीपक कार्कीको संयोजकत्वमा गैर आवासीय नेपाली संघ जापानका सचिव श्याम शितल ,गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय समिती नागोयाका संयोजक मनोज बम मल्ल र मोना जापान क्षेत्रीय समिती नागोयाका सचिव सागर थापा बगाले सहित कार्यरत कम्पनीमा उपस्थित भई कम्पनीका सञ्चाल र प्रहरीसंग समेत घटनाको विषयमा जानकारी लिनुभएको छ ।

कम्पनीका सञ्चालकबाट प्राप्त जानकारी अनुसार विगत ५ वर्षदेखि मुटु रोगको समस्या भई नियमिती औषधि सेवन गरिरहेको भन्ने जानकारी प्राप्त भएको र शव अन्त्येष्टिको विषयमा आवश्यक प्रकिया पुरा गर्ने क्रममा रहेको मोना जापानले जनाएको छ ।