बेनीमा बाल विवाह, जातीय भेद्भाव एवं सामाजिक कुरीति बिषयक अन्र्तक्रिया
- ६ फाल्गुन २०७८, शुक्रबार
- 1661 पटक पढिएको
म्याग्दी ६ फागुन । बेनीमा बाल विवाह, जातीय भेद्भाव एवं सामाजिक कुरीति बिषयक अन्र्तक्रिया कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय र सहयोगमा सामुदायिक सेवा केन्द्रको आयोजनामा भएको उक्त कार्यक्रममा प्रशिक्षण समेत गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले समाजमा रहेका कुरीति र भेदभावलाई न्यूनिकरण गर्न सामाजिक जागरण जरुरी रहेकोमा जोड दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले सामाजिक कुरीति, प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले बालविवाह र लागुऔषधको अवस्था र यसको कानुनी उपचारबारे, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले लैंगिक ंिहसाको वर्तमान अवस्था र कार्यालयले गरेका गतिविधिबारे सहजीकरण गर्नुभएको थियो ।
सामुदायिक सेवा केन्द्र म्याग्दीका अध्यक्ष विष्णु गुरुङको अध्यक्षता र सचिब लक्ष्मण कटुवालको सञ्चालनमा सम्पन्न कार्यक्रममा बेनी बजार र आसपासका क्षेत्रमा रहेका आमा समूहका प्रतिनिधि तथा बालबालिका समेतको सहभागीता रहेको थियो ।