जलजलामा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता
- ५ फाल्गुन २०७८, बिहीबार
- 1251 पटक पढिएको
म्याग्दी, ५ फागुन । पर्वतको जलजला गाउँपालिकामा विहिवार अन्तर विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले वडा नम्बर ४ स्थित लुङ्दी आधारभूत विद्यालयमा ‘‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन’’ विषयक वक्तृत्वकला प्रतियोगिता गरेको हो ।
प्रतियोगितामा जलजला वडा नम्बर ३ माझफाँटको अमृत आदर्श प्याराइडाइज एकेडेमीकी छात्रा गरिमा विक प्रथम हुनुभएको छ । यसैगरी शिव मावि जलजला २ का छात्र विशाल सुवेदी द्धितिय र पर्वत बेनीमा रहेको न्यू होराइजन आवशिय माविका छात्रा एञ्जीला सुवेदीले तृतिय स्थान हासिल गरेको निर्णयक मण्डलको संयोजक रेखाकौशल रेग्मीले जानकारी दिनुभयो ।
विजेता विद्यार्थीहरुलाई पालिका उपाध्यक्ष सिमा गर्बुजा पुन, निमित्त प्रमुख प्रशासकीय अधिकृत तेजुराम सुनार, पालिकाका शिक्षा अधिकृत त्रिविक्रम आचार्य, वडा नम्बर ४ का वडा अध्यक्ष भिष्म मल्ल लगायतले क्रमशः पाँचहजार, चारहजार र तिनहजार नगद सहित प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा ज्योतिमण्डल मावि बासखर्कका छात्रा सोनिया पुन, शान्ति आधारभूत विद्यालय भोटेडाडाका छात्रा मनिषा सुवेदी र विद्याज्योती मावि माझफाँटकी आयुषा पौडेलले सान्त्वना पुरस्कार प्राप्त गरे । प्रतियोगितामा १४ विद्यालयका १९ जना विद्यार्थीहरुले सहभागिता जनाएको शिक्षा अधिकृत आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रममा पालिका उपाध्यक्ष गर्बुजा पुनले समाजमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगता आयोजना गरिएको बताउनुभयो । आगमी दिनमा पनि पालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने उहाँको भनाई थियो ।
विभिन्न सृजनात्मक कार्यक्रमहरु मार्फत बालबालिकाको आफ्नो क्षमतालाई बाहिर प्रस्फुटन गराउन तर्फ सम्बन्धित निकाय तथा अविभावकहरुले समेत ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । भ्रष्टाचार र शुसासन प्रवद्र्धनका विषयमा विद्यार्थीहरुलाई जागरुक गराउने तथा यस विषयमा स्थानीयस्तरबाटै अध्ययन तथा खोजी होस् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनारले बताउनुभयो ।
प्रतियोगितामा निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनार, शिक्षा अधिकृत आचार्य, निर्णयक मण्डलको संयोजक रेग्मी, विद्याज्योती मावि माझफाँटका प्रअ रघुनाथ आचार्य, ग्रामप्रकाश मावि लेखफाँटका प्रअ भवानीसंकर पौडेल, न्यू होराइजन आवशिय माविका सञ्चालक शेषराज रेग्मी, एकिकृत अखिल नेपाल शिक्षक संगठनका शिव सुवेदी, नेपाल शिक्षक संघका माया अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका नारायण मल्लले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वडा नम्बर ४ का वडा अध्यक्ष तथा लुङ्दी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिष्म मल्लको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको सञ्चालन शिक्षा युवा तथा खेलकुद शाखाकी प्राविधिक सहायक देवी रिजालले गर्नुभएको थियो ।