मालिका गाउँपालिकामा विद्युतीकरण योजना अधुरै
- १७ माघ २०७८, सोमबार
- 985 पटक पढिएको
म्याग्दी १७ माघ । म्याग्दीको मालिका गाउँपालिकाको तीन वटा वडामा केन्द्रीय प्रशारण लाइनको विद्युत् सुविधा विस्तार गर्न सञ्चालित आयोजना अलपत्र परेको छ । तीन वर्षअघि नै बत्ती बलिसक्नुपर्ने गाउँमा लगिएका पोल गाड्ने र तार तान्ने काम अझै भएको छैन । नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रशारण लाइन, ३३/११ केभी क्षमताको रातोढुङ्गा सवस्टेशन र आसपासका तीन वटा वडामा विद्युतीकरण गर्न सन् २०१६ मा आयोजना सुरु गरेको थियो ।
![](https://myagdionline.com/wp-content/uploads/2022/01/SG_Myagdi_2130-scaled.jpg)