म्याग्दी नदीमा सम्झौता भन्दा बढी उत्खनन्

  • ११ माघ २०७८, मंगलवार
  • 822 पटक पढिएको

म्याग्दी, ११ माघ । बेनी नगरपालिका–५ बगुवाखोलास्थित म्याग्दी नदीको बगरमा सम्झौता भन्दा बढी उत्खनन् भएको छ । सम्झौता भन्दा बढी नदीजन्य बस्तुहरु निकालेको जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनबाट भेटाएको छ ।


कानुनमा रहेको नदीजन्य बस्तु उत्खनन् सम्वन्धी नियम, प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन र बेनी नगरपालिकासंग भएको सम्झौता विपरित जुम्ली निर्माण सेवाले निकाल्दै आएको थियो ।

मापदण्ड भन्दा बढी नदीजन्य बस्तुहरु कम्पनीले निकालेपछि जिल्ला अनुगमन समिति स्थलगत अनुगमनमा सोमबार पुगेको थियो । निर्माण कम्पनीले सम्झौता विपरित तोकिएको भन्दा गहिरो खाडल बनाएर उत्खनन गरेको भेटिएको अनुगमन समितिले जनाएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर कटुवालको नेतृत्वमा पुगेको अनुगमन समितिले कानुनमा नदीको सतहदेखि ९० सेन्टिमिटर उत्खनन् गनुपर्ने मापदण्ड भन्दा १ मिटर ७६ सेन्टिमिटर गहिरो गरी उत्खनन् गरेको भेटाएको छ।

कम्पनीले ३ हजार ७४२ घनमिटर उत्खननु गर्नुपर्नेमा ९ हजार २५१ घनमिटर उत्खनन भएको अनुगमन समितिले जनाएको छ। सम्झौता भन्दा बढी उत्खनन् गरे बापत कारबाहीका विषयमा अनुगमन समितिको बैठकले निर्णय गर्ने छ ।

अनुगमनमा केसीसंगै नगरप्रमुख हरिकुमार श्रेष्ठ, कोष तथा लेखा नियन्त्रक युक्तप्रसाद शर्मा, प्रमुख प्रशासकिय अधिकृत ढोलकराज ढकाल, प्रहरी नायव उपरीक्षक हरिबहादुर गुरुङ, अनसन्धान अधिकृत बिजय पौडेल लगायत प्रतिनिधिहरु पुगेका थिए । यस अनुगमनमा सुरक्षा निकायका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना र प्रहरी नायव उपरिक्षक श्यामकुमार राई पुगेका थिएनन् ?

निर्माण कम्पनीका निराजन खतिवडाले सरोकारवालाहरुसंग समन्वय गरेर उपकरण प्रयोग गरे गरेको दावी गर्छन ।

मापदण्ड विपरित उत्खनन् गर्ने कम्पनीले जिल्लाका योजनालाई प्राथमिकता दिएर ढुङ्गा, गिटी र बालुवा उपलब्ध गराएको भनिएपनि सुरक्षा निकायलाई चुनौती दिदै बाहिरी जिल्लामा पु¥याउने गरेको जनगुनासो ब्यापक छ । यस गतिविधिप्रति सरोकारवालाहरु मौन छन् । rikhar daily paper