म्याग्दी उद्योग बाणिज्य संघको साधारणसभा उद्घाटन (तस्बिर)

  • ८ माघ २०७८, शनिबार
  • 627 पटक पढिएको

बेनी, ८ माघ । म्याग्दी उद्योग बाणिज्य संघको २८ औँ बार्षिक साधारण सभाको शनिवार उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य कुबिर कुमार श्रेष्ठ लगायत ।

संघले कोरोना महामारीलाई मध्यनजर गर्दै संघको सभाहलमा उद्घाटन समारोह र बन्द सत्रलाई जुम मार्फत भर्जुअलबाट समेत साधारणसभामा सहभागी हुने व्यवस्था मिलाइएको छ । संघले सूचना नै जारी गरेर भर्चुअल रुपमा सहभागी हुन सदस्यहरुलाई आह्वान गरेपनि कतिपय सदस्यहरु सभाहलमै समेत पुगेका छन् । जिल्लामा सभा, समारोह गर्दा २५ जना भन्दा बढी सहभागी नगराउन जिल्ला प्रशासन कार्यालयले नियम बनाएको छ ।
तस्वीर : कमल खत्री