गण्डकी प्रदेशका ११ वटै जिल्लाका घरेलु कार्यालयमा पर्यटन शाखा रहने
- ३ माघ २०७८, सोमबार
- 1185 पटक पढिएको
बागलुङ ३ माघ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयमा पर्यटन शाखा (एकाइ) रहने भएको छ । बागलुङ पर्यटन विकास समितिका पदाधिकारीसँगको छलफलमा प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले सो को जानकारी दिनुभएको हो । उहाँले मन्त्रालयले सङ्गठन तथा कर्मचारी व्यवस्थापन (ओएनएम) स्वीकृतका लागि मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको बताउनुभयो ।
