दिवंगत आफन्तको स्मृतिमा बालबालिकाहरुलाई पोशाक र शैक्षिक सामाग्री सहयोग
- २७ पुष २०७८, मंगलवार
- 1027 पटक पढिएको
म्याग्दी २७ पुस । बेनी नगरपालिका–४ सिंगा घर भई हाल कोरियामा रहनुभएका प्रध्यापक डाक्टर बोजिन्द्र प्रसाद तुलाचनले आफ्नो दिवंगत आमा र दाजुको स्मृतिमा शिवालय आधारभुत विद्यालय सुर्केमेलाका बालबालिकाहरुलाई सहयोग गर्नुभएको छ ।
दिवंगत आमा गंगादेवी र दाजु मनप्रसाद तुलाचनको सम्झनामा समाजसेवी डाक्टर बोजिन्द्रले रु ६० हजार बराबरको सहयोग गर्नुभएको हो ।
सहयोगदाता तुलाचनले विद्यालयका कक्षा ६ सम्मका विद्यार्थीहरुका लागि पोशाक र बालशिक्षा सामाग्री समेत सहयोग गर्नुभएको थियो । कक्षा ६ सम्म अध्ययनरत ६० जना बालबालिकाहरुलाई स्विटर, टोपी संगै कापि र कलम समेत सहयोग गरिएको जनाइएको छ । जाडो याममा बालबालिकाहरुलाइ न्यानो कपडा सहयोग गरिसहयोगदाता तुलाचनले उदाहरणीय काम गरेको भन्दै विद्यालयले आभार प्रकट समेत गरेको छ ।
उक्त सामाग्रि विद्यालयका प्रअ नरबहादुर पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण रोका र सहयोगदाता तुलाचनका प्रतिनिधि महेश बाबुले संयुक्त रुपमा बालबालिकाहरुलाई वितरण गर्नुभएको थियो । सहयोगदाता तुलाचनले यस अघि विभिन्न सामाजिक संघ संस्था र क्लबहरुलाई समेत सहयोग गर्दै आउनुभएको छ ।