शिक्षा मन्त्रालयद्वारा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

  • २६ पुष २०७८, सोमबार
  • 913 पटक पढिएको

काठमाण्डौ २६ पुस । शिक्षा मन्त्रालयले कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसीसी)को सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको छ। सिसिएमसिसीको सिफारिसअनुसार माघ १५ गतेसम्मका लागि मन्त्रालयले देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको छ। विद्यालय बन्द गराउने र मोडालिटी तयार पार्ने विषयमा मन्त्रालयमा सोमबार बैठक बसेको थियो।

सिसिएमसिसीले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षामन्त्रालयले जनाएको छ। आइतबार बसेको सिसिएमसिसीको बैठकले विद्यालय बन्द गराउन मन्त्रालयलाई सिफारिस गरेको थियो। कोरोना संक्रमणदर बढ्न थालेपछि सिसिएमसिसीले शिक्षा मन्त्रालयलाई विद्यालय बन्द गराउन सिफारिस गरेको थियो।