केसीको नेतृत्वमा एमाले म्याग्दीको सर्वसम्मत कार्यसमिती चयन

  • २५ पुष २०७८, आईतवार
  • 1068 पटक पढिएको

म्याग्दी २५ पुस । नेकपा (एमाले) म्याग्दीको अध्यक्षमा देवेन्द्रबहादुर केसी सर्वसम्मत हुनुभएको छ । बेनीमा सम्पन्न नवौँ अधिवेशनबाट केसीको नेतृत्व सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।


आईतबार सम्पन्न अधिवेशनबाट जिसस प्रमुख समेत रहनुभएका केसीको नेतृत्वमा सर्वसम्मत ९० सदस्यीय कार्यसमिति चयन भएको छ । केसी साविक एमाले म्याग्दीको उपाध्यक्ष र २०५४ सालमा भगवती गाविसको अध्यक्ष समेत बन्नुभएको थियो । जिल्ला कमिटीको उपाध्यक्षमा बालकृष्ण सुवेदी, सचिवमा सुरज केसी, उपसचिवमा थमसरा पुन र राजकुमार सर्वसम्मत हुनुभएको छ ।


जिल्ला कमिटीको सदस्यहरुमा हस्तबहादुर पुन, यामबहादुर खड्का, क्या. बिर्खबहादुर गर्वुजा, हरिमाया पुन, बो मायाँ गर्वुजा, तेजबहादुर गुरुङ, श्इामबाबु रानामगर, टोकबहादुर पुन, कृष्णबहादुर तिलिजा, देवकुमारी पुन, दिनेश खत्री, रोशन कार्की, ईश्वर सुवेदी, हरिकला थापा, सुवादेवी पुर्जा, धनबहादुर गुरुङ, कितमायाँ घर्ती, गमप्रसाद बिक, अमृता भण्डारी, देवबहादुर थापा, मदन मल्ल हरि छन्त्याल, गुमानसिङ खड्का, गणेशबहादुर बोगटी, यामबहादुर चोखाल, कृष्णसिङ बानियाँ, टकसरा राना, गुमादेवी किसान, मैनाकुमारी किसान उत्तमकुमार कर्माचार्य, गेमबहादुर घर्तिमगर, राजेन्द्रकुमार श्रेष्ठ, विष्णु गुरुङ, रामकृष्ण बराईली, उषा सुवेदी , मसविर रोका, देवीप्रसाद शर्मा, टेकबहादुर रावल, गोविन्दप्रसाद पौडेल, रामप्रसाद सुवेदी, चन्द्रकुमार केसी, बेलबहादुर कटुवाल, मिना राम्जाली, दुर्गाकुमारी शर्मा पौडेल, पशुपति शाही, जाफर हुसेन, के.पी अधिकारी, बलादेवी बरुवाल राई, राजकुमार राई, कलाधर कँडेल, धनबहादुर खाती, सिर्जना केसी, उदयबहादुर शेरपुजा, हिराबहादुर फगामी, यशुदा रोकामगर, शिव वि.क., दिपक जि.सी., खगेन्द्र आचार्य, ताराप्रसाद आचार्य, सावित्रि खत्री, सरदेवी भट्टचन, सोमबहादुर बि.क., मनबहादुर बुढा, कुलबहादुर घर्ती, गौमती चपाई, नरबहादुर पुन, सिता गुरुङ, सुनिता विश्वकर्मा, सागर शर्मा, विशाल अनुरागी, खरमायाँ विटालु, नारायण जिसी, दिपक कार्की, बेगप्रसाद गर्वुजा, धन पुर्जा, होमबहादुर थापा, सतप्रसाद रोका रहनुभएको छ ।


पदभार ग्रहणपछि बोल्दै नवनिर्वाचित अध्यक्ष केसीले एकताबद्ध रुपमा संगठनलाई विस्तार गरेर अघि बढाउने बताउनुभयो । जिल्लामा आगामी दिनमा पाटीलाई थप शक्तिशाली बनाउन सामुहिक छलफल र सहकार्य गरेर अघि बढाउने प्रतिवद्धता जनाउनुभयो ।